arrow

पशुपतिनगर नाकामा इन्धनको कालो बजारी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1332600512.jpeg

इलाम । भारतले गरेको नाकाबन्दीबाट देशभर पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ ।

भारतको दार्जि्लिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर्न थालेका छन् ।

उनीहरूले पशुपतिनगरमा पेट्रोल एक सय ५० देखि एक सय ६० रुपैंया सम्म र डिजेल एक सय १५ देखि एक सय २० सम्म बिक्री गरिरहेका छन् ।

सरकारले पर्याप्त इन्धन उपलब्ध नगराउँदासम्म भारतबाट यसरी नै इन्धन बिक्री भइरहन्छ, पशुपतिनगर उद्योग वाणिज्य सङ्घका सल्लाहकार मिलन क्षेत्रीले भने– “नेपालमा नपाएपछि महँगोमा भए पनि भारतीय इन्धन खपत गर्नुपरिरहेको हो ।”

भारतीय गाडीहरू यतिबेला यात्रु बोक्नेभन्दा पनि अवैध तरिकाले इन्धन ओसारपसारमा लागेका छन् । भारतीय गाडीले फुलट्याङ्की तेल भरेर पशुपतिनगरमा नेपाली व्यापारी र सवारी साधनलाई बिक्री गर्ने क्रम बढेकाले अहिले सीमावर्ती पशुपतिनगर बजारमा भारतीय रुपैयाँको अभाव भएको छ ।

विराटनगरको जोगवनी, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्टालगायत विभिन्न नाकाबाट इन्धन आयात नभइरहेको अवस्थामा पशुपतिनगरबाट सहज रूपमै इन्धन खपत भइरहेको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ