arrow

पन्ध्र स्थानमा मानव धर्मको योग शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
yog-day-manav-dharma.jpg

काठमाडौं। नेपाल मानव धर्म सेवा समितिले ‘एक पृथ्वी एक स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ देशैभरिका क्षेत्र तथा शाखा आश्रमहरूमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ। देशभरका विभिन्न पन्ध्र स्थानमा आयोजना गरिएका योग तथा साधना शिविरमा झन्डै दुई हजार जना सहभागी भएका थिए।

नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले योगले शरीरलाई मात्र नभएर मनलाई पनि शुद्ध बनाउने भएकाले हरेक दिन यसको अभ्यास आवश्यक रहेको बताइन्। उनले योगलाई कुनै अवसर वा वर्षमा एक दिन मात्र नभएर दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिइन्।

योग गुरु पुरुषोत्तम कोइरालाका अनुसार नियमित योगाभ्यास गर्ने व्यक्तिहरू हत्तपत्त बिरामी परेर अस्पताल जानुपर्दैन। योगले शरीरलाई फुर्तिलो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई पनि निकै फाइदा पुर्‍याउने उनको भनाइ छ। कार्यक्रममा परापूर्वकालदेखि नै हाम्रा ऋषिमुनि तथा योगीहरूले योग गर्ने गरेको र यसैले उनीहरूलाई वर्षौँसम्म जीवित राखेको प्रसङ्ग पनि चर्चा गरिएको थियो।

सन् २०१४ देखि हरेक वर्ष जुन २१ का दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा विश्वभरि मनाइँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ