arrow

निर्माणाधीन संसद भवनको प्रगतिबारे तीन दिनभित्र जानकारी गराउन संसदीय समितिले दियो सरकारलाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
samsad-bhawan-newss.jpg

काठमाडौं । संसदीय समितिले निर्माणाधीन संसद भवनको हालसम्मको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। 

सोमबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सहरी विकास मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो।

समितिका सभापति ठाकुरप्रसाद गैरेले बैठकका निर्णयबारे जानकारी दिँदै सहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको भौतिक प्रगति र सांसदहरूले उठाएका प्रश्नहरूको कार्यान्वयनबारे जानकारी गराउन पत्राचार गर्ने बताए। 

उनले पूर्वाधार क्षेत्रको विकासमा देखिएको निराशा सबैभन्दा ठूलो समस्या भएको औँल्याए।

"सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको छ," सभापति गैरेले भने, "पूर्वाधारको विकासको कार्यान्वयनमा किन यति धेरै समस्या भयो भन्ने विषयलाई नै विषयवस्तु बनाएर यसका जानकारहरूसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमूलक नै हुन्छ।"

समितिले पूर्वाधार विकासको कार्यान्वयनमा देखिएका समस्याहरूको कारण पत्ता लगाउन र समाधानका लागि सरोकारवालाहरूसँग छलफल आवश्यक रहेकोमा जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ