arrow

पूर्वमन्त्री जुग्जालीले च्याते बजेट पुस्तिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
resham-jugjali.jpg

पोखरा । बजेटमा म्याग्दीलाई दुई दुई वर्ष अन्याय गरिएको भन्दै गण्डकी प्रदेश सभाका सदस्य रेशमबहादुर जुग्जालीले रोष्ट्रम मै बजेट पुस्तिका च्यातेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद जुग्जाली पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् ।

उनले विशेषगरि भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रमबारे असन्तुष्टि जनाउँदै सोमबार बजेट पुस्तिका च्यातेका हुन् ।

उनले संसदमा बोल्ने समय २० मिनेट पाए पनि बजेटमा असन्तुष्टि जनाउँदै करिब १० मिनेटमात्रै बोले । 

उनले म्याग्दीका लागि अहिले छुट्याइएको साढे तीन करोड बजेट पनि फिर्ता लैजान अर्थ र भौतिक मन्त्रीलाई चुनौती दिए ।

उनले भने, ‘बजेटमा म्याग्दीलाई दुईदुई वर्षसम्म अन्याय गरिएको र यसको कुनै अर्थ नहुने भएकाले म सबै पीडित सांसदको प्रतिनिधित्व गर्दै यो पुस्तक च्यात्न चाहन्छु ।’

म्याग्दीको भौगोलिक अवस्था नबुझेको हो भने आफ्नै खर्चमा अर्थ र भौतिकमन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै उनले व्यंग्य गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ