arrow

ताप्लेजुङका पाँच स्थानीय तहले गरे साढे दुई अर्बभन्दा बढीको बजेट सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
Taplejung_District.png

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङ जिल्लाका नौ स्थानीय तहमध्ये पाँच गाउँपालिकाहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल २ अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन, र मैवाखोला गाउँपालिकाले आ-आफ्नो गाउँसभाबाट बजेट प्रस्तुत गरेका हुन्।

सिदिङ्वा गाउँपालिकाले असार ५ गते ४४ करोड ५२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सिरिजङ्घा गाउँपालिकाको १७औँ गाउँसभामार्फत पालिका उपाध्यक्ष डा. चित्र माबोले ५८ करोड ७४ लाख आठ हजार ८६३ रुपैयाँको बजेट सार्वजनिक गरे।

त्यस्तै, आठराई त्रिवेणी, मेरिङ्देन, र मैवाखोला गाउँपालिकाले असार ९ गते एकैदिन बजेट गाउँसभामा पेस गरेका छन्। आठराई त्रिवेणी गाउँपालिकाको २१औँ गाउँसभामार्फत उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपैयाँ बजेट प्रस्तुत गरिन्। मेरिङ्देन गाउँपालिकाले १८औँ गाउँसभामार्फत उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपैयाँको बजेट गाउँसभामा पेस गरेकी छिन्।

मैवाखोला गाउँपालिकाले १७औँ गाउँसभामार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपैयाँको बजेट गाउँसभामा पेस गरेकी छिन्।

जिल्लाको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिका, र फक्ताङलुङ, मिक्वाखोला, र पाथिभरा याङवरक गाउँपालिकाले आजै (असार १० गते) बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ