arrow

सरकारले लागुऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
prabhatferi-82-3-12-drugs.jpg
तस्बिर–अबको युद्ध दुर्व्यसन विरुद्ध’ मूल नाराका साथ अन्तर्राष्ट्रिय लागू औषध विरुद्धको दिवसका अवसरमा सुनसरीमा निकालिएको प्रभातफेरी ।

काठमाडौंँ । सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आगामी वर्षमा सो विभाग स्थापना गरिने छ ।  

सो कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताए । उनले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
    
“हामी लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ ।” गृहमन्त्री लेखकले भने“ गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रम अघि बढाएको छ ।”
    
लागुऔषध सेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटना हुने गरेको बताए ।“ मुख्य विषय भनेको यसको रोकथाम हो । जनचेतना महत्वपूर्ण विषय हो । लागुऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढङ्गले प्रभावित गरेको छ”, लेखकले भने“लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ ।”

लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए ।“एक लाख ३४ हजार जना लागुऔषध सेवनककर्ता रहेको तथ्याङ्क छ । समाज नराम्रोसित प्रभावित हुदैछ ।” उनले भने,“मुलुकभरका कारगाराका कैदीबन्दीमध्ये दोस्रो ठूलो सङ्ख्यामा लागुऔषध दुर्व्यउसन, ओसारपसार, भण्डार गर्नेको सङ्ख्या छ । यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ ।”
    
दिवसका अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ