arrow

एसईईको नतिजा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
national-exam-board-sano-thimi-bhaktpur-plu-2-result.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशन गरेको हो । 

गत चैत ७ देखि १५ गतेसम्म भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नतिजा सार्वजनिक गरेको भए पनि बार्डले वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केही समय लाग्ने जनाएको छ ।

६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ ।

गत परीक्षामा धेरै विद्यार्थी असफल भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै विद्यार्थी उत्तीर्ण गर्न निर्देशन दिएका थिए । 

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको हो । गत वर्ष मात्र ४८ प्रतिशत ग्रेडेड भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ