arrow

नेतान्याहूले अब पद छोड्नैपर्छ : पूर्वप्रधानमन्त्री बेनेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
Benjamin-netanyahu.jpg

जेरुसेलम। इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अब पद छोड्नैपर्ने बताएका छन्। इजरायलको च्यानल १२ लाई दिएको एक टेलिभिजन अन्तर्वार्तामा बेनेटले नेतान्याहूको लामो सत्ता यात्रामाथि प्रश्न उठाएका हुन्।

बेनेटले भने, "नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ, त्यो निकै धेरै समय हो र उहाँको बसाइ स्वच्छ छैन।" उनले नेतान्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्नेमा जोड दिए।

सन् २०२१ मा नेतान्याहूका आलोचकहरूसँग मिलेर गठबन्धन सरकार बनाएर बेनेटले लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतान्याहूलाई पदबाट हटाएका थिए। तर, बेनेटले तत्कालीन विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो।

त्यसपछि भएको मध्यावधि चुनावपछि नेतान्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री पद ग्रहण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ