arrow

परेन पानी, भएन रोपाइँ

वर्षाको अभाव र सिँचाइको समस्याले किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
ropai-81-3-24.jpg

महोत्तरी। समयमा वर्षा नहुँदा महोत्तरी जिल्लामा धान रोपाइँ निकै कम भएको छ। मध्य असार बित्न लाग्दा पनि तयार भइसकेका बीउ र पानीको अभावका कारण रोपाइँ पछि धकेलिएको हो।

जिल्लामा कुल करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ देखि ५० हजार हेक्टरसम्म धान खेती गरिँदै आएको छ। तर, यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न ढिलाइ भयो र रोपाइँका लागि पर्याप्त पानी नपुग्दा धान खेती प्रभावित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवका अनुसार, "अनुकूल वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन्, अहिले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न सकेन, त्यसैले यहाँको रोपाइँ कम भएको छ।" सामान्यतयाः महोत्तरीसहित मधेसका किसानले जेठ तेस्रो साताभित्र ब्याड राखिसक्ने र असारभित्र रोपाइँ सक्ने गर्छन्। तर, यस वर्ष असार १५ मा धान दिवस मनाइरहँदा पनि यहाँको रोपाइँ जम्मा दुई-तीन प्रतिशतभित्र मात्र रहेको उनले बताए।

जिल्लाका कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर पुग्ने सिँचाइ व्यवस्था छ। यसपालि लामो खडेरीका कारण कुलोको पानीका स्रोतको मुहानसमेत नरसाउँदा सिँचाइ सुविधा पुगेका जग्गामा पनि रोपाइँ कम भएको जनाइएको छ।

भङ्गाहा–५ का भूचक्रपुरका किसान लक्ष्मण महतोले सरकारले वैकल्पिक सिँचाइका लागि इनार, बोरिङ, स्यालो ट्युबवेलजस्ता कार्यक्रमहरू र बीउ, मलखाद एवम् प्रविधि किसानसम्म पुर्‍याउन सकेमा मात्र खेतीपातीमा किसानको उत्साह बढ्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ