सेमिफाइनलमा नेपालको सानदार शुरुवात, मलेसिया दबाबमा
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
525
Shares
काठमाडौँ। एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर बलिङ गर्दै गतिलो सुरुवात गरेको छ।
समाचार तयार पार्दासम्म मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भइरहेको खेलमा नेपालले मात्र २९ रन दिएर ४ महत्त्वपूर्ण विकेट लिइसकेको छ, जसले मलेसियालाई सुरुबाटै दबाबमा पारेको छ। नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन्।
समूह चरणमा नेपालले सानदार प्रदर्शन गर्दै सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेर अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो। अर्कोतर्फ, मलेसियाले समूह चरणका चार खेलमध्ये तीनमा जित हासिल गरेको थियो— माल्दिभ्स, थाइल्यान्ड र म्यान्मारलाई हराए पनि हङकङसँग भने पराजित भएको थियो।
अघिल्लो संस्करणमा पनि नेपालले मलेसियालाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो। एसिसीको आयोजनामा जारी यस प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्।