arrow

दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
dilbhushan-pathak-patrakar.jpg

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए ।

न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिइएको हो । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध गत सोमबार मुद्दा दायर गरेको थियो ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले आफ्नो चरित्र हत्या गरेको भन्दै पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए । 

यसअघि उच्च अदालत पाटनले दिलभूषणलाई पक्राउ नगर्न आदेश दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ