arrow

अपरेशन सिन्दूरमा तीन शत्रुहरूसँग लड्यौँ - भारतीय सैन्य उपप्रमुख सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
rahul-r-singh-indian-army-d.jpg

नयाँदिल्ली । भारतीय सैन्य उपप्रमुख राहुल आर सिंहले अपरेशन सिन्दूरको समयमा एउटा सीमा र तीन शत्रुसँग लडेको बताएका छन् । शुक्रबार उनले भने, 'अपरेशन सिन्दूरको समयमा एउटा सीमा र तीन शत्रु थिए । पाकिस्तान मोर्चामा थियो । चीन र टर्किएले हतियार र अन्य सहयोग प्रदान गरिरहेका थिए ।'

उनले अगाडि भने, 'चीनले पाकिस्तानलाई हतियार दियो र हामीलाई हतियार परीक्षणको लागि प्रयोगशालाको रूपमा प्रयोग गर्‍यो । चीनले पाकिस्तानसँगको हाम्रो हरेक रणनीतिक चालको प्रत्यक्ष अपडेट साझा गरिरहेको थियो।  टर्किएले ब्यारेक्टरसहित अन्य ड्रोनहरू दियो । यी हाम्रो विरुद्धमा पनि प्रयोग गरिएको थियो ।'

लेफ्टिनेन्ट जनरल सिंहले नयाँदिल्लीमा एफआईसीसीआईको 'नयाँ युग सैन्य प्रविधि' कार्यक्रममा यो कुरा भनेका हुन् । उनले भने, 'अपरेशन सिन्दूरले हामीलाई धेरै महत्त्वपूर्ण पाठ सिकायो । यो एउटा द्वन्द्व थियो जसले आधुनिक युद्धका कठिनाइहरूलाई उजागर गर्‍यो। त्यसैले अब हामीलाई बलियो हवाई रक्षाको आवश्यकता छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ