arrow

‘प्रतिकूलतामा अनुकूलता खोज्नुपर्छ’: प्रधानन्यायाधीश राउत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
prakashmansing-.jpg

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मुलुकमा कुनै काम गर्दा देखिने प्रतिकूलता, असहजता र विघ्नबाधामा पनि अनुकूलता खोज्न जरुरी रहेको बताएका छन्। शनिबार काठमाडौँमा 'सुनेको शासनः भोगेको प्रशासन' पुस्तक लोकार्पण गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रधानन्यायाधीश राउतले प्रबुद्ध वर्गहरूले नियतको सधैँ हेक्का राख्नुपर्नेमा जोड दिए। उनले अवसरहरू वरपर नै घुमिरहेका भए पनि तिनलाई चिन्न सक्नुपर्ने बताए। अवसर गुमेमा देश र जनताको बेहाल हुने जिकिर गर्दै उनले भने, "अवसरहरू हाम्रा वरिपरि नाचिरहेका छन्। हाम्रो अकर्मण्यताले हो, उदासीनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन कि? देख्न पो सकिएन कि, समात्न पो सकिएन कि?"

उनका अनुसार, अवसरले कसैलाई पनि कुर्दैन, र अब पनि अवसरहरू नियाल्न ढिलो गरिए मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। उनले शासन र प्रशासन भन्ने दुई शब्दबाट नै सुशासन बन्ने बताए।

प्रधानन्यायाधीश राउतले न्यायपालिकाको आफ्नै विशेषता हुने र न्यायाधीशहरूबीच बसेर न्यायिक निरूपण गर्दा कसैले निर्देशित गर्न नपाउने स्पष्ट पारे। उनले आफू प्रधानन्यायाधीशको रूपमा कुनै पनि चुनौतीको जिम्मेवारी लिन तयार रहेको पनि बताए।

पुस्तकको महत्वबारे बोल्दै उनले मोती बाहिरबाट चम्किए पनि पुस्तक भने अन्तःस्करणबाट नै चम्किने जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ