गण्डकी प्रदेशसभा बैठकमा महालेखाको प्रतिवेदन पेश र विधेयकमाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
467
Shares
काठमाडौँ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट गत असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ।
प्रदेशसभा सचिवालयका अधिकृत टीकाराम आचार्यका अनुसार आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
साथै, विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल भएपछि आजैको बैठकबाट विधेयक पारित हुने सम्भावना रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेश भएका १० वटा विधेयक हाल सामान्य सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि विषयगत समितिमा छन्।