arrow

घान्द्रुक र ताङतिङ जाने सवारीका लागि समय निर्धारण ([सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
cdo office kaski hamrakura.jpg

पोखरा । जिल्ला प्रशासन कार्यालयले कास्कीका केही १५ दिनका लागि ग्रामीण तथा पर्यटकीय सडकखण्डमा सवारीसाधन सञ्चालनको समय निर्धारण गरेको छ ।

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम रहेकाले मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथसमय निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । 

बुधबारदेखि नै लागू हुने गरी १५ दिनका लागि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा समय तालिका निर्धारण गरिएको मल्लले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको बैठकमा जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी तथा अन्य सरोकारवालाको उपस्थितिमा मनसुनजन्य विपद्बाट बच्न अपनाउनुपर्ने सतर्कताबारे छलफल भएको लम्सालले बताए ।

प्रशासनद्वारा जारी सूचनामा पर्यटकीय क्षेत्र घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (विरेठाँटी–घान्द्रुक, विरेठाँटी-उल्लेरी र लुम्ले-लान्द्रुक) मा चल्ने सवारी साधनले बिहान ५ बजेपछि मात्र प्रस्थान गर्न पाउनेछन् भने साँझ ५ बजेभित्र आफ्नो प्रस्थानविन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्नेछ ।

यसैगरी काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनले पनि बिहान ५ बजेपछि मात्र यात्रा सुरु गर्न सक्नेछन् भने साँझ ४ः३० बजेभित्र प्रस्थानविन्दुबाट छुटिसक्नुपर्ने छ । प्रशासनले तोकिएको समयपछि ती सडकखण्डमा सवारी चलाउन पूर्णरुपमा रोक लगाएको छ ।

यस्तो छ सूचना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ