arrow

एउटै मञ्चमा नेपाल–झाँक्री [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
ncp-united-82-3-27.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । पार्टी अध्यक्ष माधवकुमार नेपालको बारेमा खरो बोलेर चर्चामा आएकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्री आज उनीसँग एकै मञ्चमा देखा परेकी छन् ।

आज कीर्तिपुरमा आयोजित समाजवादी अखिलको बैठकमा प्रमुख अतिथि अध्यक्ष नेपाल थिए । यो कार्यक्रममा रामकुमारी पनि सहभागी भएकी हुन् । उनी यो संगठनकी इन्चार्जसमेत हुन् ।

पतञ्जलि योगपीठको जग्गा घोटालामा मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन् । 

उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’भनेकी थिइन् ।

यसमा पार्टीको अनुशासन आयोगले असार १७ गते झाँक्रीलाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेकामा नदिएपछि असार २४ गते ७ दिन म्याद थपिदिएको छ।

nepal-jhakri-82-3-27 (17).jpeg
nepal-jhakri-82-3-27 (16).jpeg
nepal-jhakri-82-3-27 (15).jpeg
nepal-jhakri-82-3-27 (14).jpeg
nepal-jhakri-82-3-27 (13).jpeg
nepal-jhakri-82-3-27 (12).jpeg
nepal-jhakri-82-3-27 (11).jpeg
nepal-jhakri-82-3-27 (10).jpeg
nepal-jhakri-82-3-27 (9).jpeg
nepal-jhakri-82-3-27 (8).jpeg
nepal-jhakri-82-3-27 (7).jpeg
nepal-jhakri-82-3-27 (6).jpeg
nepal-jhakri-82-3-27 (5).jpeg
nepal-jhakri-82-3-27 (4).jpeg
nepal-jhakri-82-3-27 (3).jpeg
nepal-jhakri-82-3-27 (2).jpeg
nepal-jhakri-82-3-27 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ