arrow

संसदीय पत्रकार मञ्च गण्डकीमा क्षेत्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
bishan-kshetri.jpg

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको छैटौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले विसन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा अनुप पौडेल, सचिवमा युनिश गुुरुङ, सहसचिवमा उमा आले र कोषाध्यक्षमा ऋषिराम बराल चयन भएका छन् । त्यसैगरी समिति सदस्यमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल चयन छन् ।

समितिको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएको र अन्य पदमा सर्वसम्मत चयन गरिएको जनाइएको छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षालगायतका संरचनागत र नीतिगत सुधारका विषयमा सरकार गम्भीर रहेको बताए ।

प्रेस र पत्रकारिताले सत्य, तथ्य र निश्पक्ष सूचना प्रवाह गर्दै समाजलाई सकारात्मक दिशामा निर्देशित गर्नुपर्नेमा उनले जोड दिए ।

विगतदेखि सरकार र संसद्सँगको मञ्चको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताउँदै उनले संसदीय पत्रकार मञ्चले प्रदेशसभाको गतिविधि जनमानसमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ