arrow

वीरमा क्यान्टिनको किचलो, कमिशनको खेल, कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
bir-hospital-canteen.jpg

काठमाडौँ । वीर अस्पतालमा सन्चालित चमेना गृह गैरकानूनी र अयोग्य रहेको भन्दै उक्त चमेना गृह सञ्चालन गर्न दिनेलाई कारबाही गर्न माग गर्दै विभिन्न निकायमा उजुरी परेको छ । उजुरीमा वीर अस्पतालमा सन्चालित गैरकानूनी क्यान्टिन (चमेना गृह) हटाई सोमा अनियमितता गर्नेमाथि आवश्यक कारबाही गर्न माग गरिएको छ । 

साथै निजहरूको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य तथा जनसंख्या विभाग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको हो । 

 वीर अस्पतालले चमेना गृह सञ्चालनको लागि २०८१/०७/०९ गते  सूचना प्रकाशित गरेकामा गुजेश्वरी होटल प्रालि, जी एन्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फुड एन्ड क्यान्टिन, आरएस मल्टिप्रपोज, नारायणी चमेना गृह र ग्रिनबर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेश गरेका थिए । 

ठेक्का मूल्यांकन समितिका  लेखा उपसचिव हिमलाल अधिकारी र लेखा अधिकृत महानराज ओलीले योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रालिलाई २०८१/०९/२२ मा यी दुईको मिलेमतोमा  रु २५ लाख कमिशन लिई सम्झौता गरी चमेना गृह सञ्चालन गर्न दिएको निवेदकहरुको आरोप छ । 

०७/०९ मा सूचना प्रकाशित गर्दा सूचनाको भाग २ को बुँदा नं २ (च ) (छ) (ज ) मा भएको अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजात र न्यूनतम योग्यताका आधारहरु पेश नगरेको, नक्कली कागजातहरु पेश गरेको दाबी गरिएको छ । 

चमेना गृह सञ्चालन सम्बन्धी १५ दिने शिलबन्दी प्रस्ताव सूचनामा अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजात र न्यूनतम योग्यताका आधारहरू मा भाग २ (च) मा भएको ७ वर्ष को कार्यअनुभव र हाल उक्त सेवा सञ्चालन गरिरहेको प्रमाणपत्र नक्कली पेश गरेको ( महाराजंगज नर्सिङ क्याम्पस र ओम अस्पतालको ) । सूचनाको २ (छ)  मा चमेना गृह चालु आ व मा खाघ स्वच्छताको न्युनतम गुणस्तर प्रतिवेदन पेश नगरेको, सूचनाको २ ( ज) मा एक जना प्रमुख भान्छे र तीन जना भान्छेको व्यक्तिगत विवरण ,योग्यता, अनुभव र प्रशिक्षण पेश नगरेको जनाइएको छ । 

त्यस्तै २५ लाख घुस लिएर लेखा उपसचिव अधिकारी र अधिकृत ओलीले २०८१/०९/२२ मा अयोग्य गुजेश्वरी होटललाई सम्झौता गरी चमेना गृह सञ्चालन गर्न दिएको निवेदकहरुको आरोप छ । 

सो होटलको खानेकुरा पनि महँगो र गुणस्तरहीन भएको, फोहर पनि भएको, खाना खाजाको दररेट पनि अस्वभाविक भएको दाबी गरिएको छ ।

 यहि विषयमा आवश्यक योग्यता नपुगेको भनी राष्ट्रिय सर्तकता केन्द्रले छानबिन गरी  पत्र सं ०८१/८२ च नं नीति १८/२५२४ मार्फत वीर अस्पताललाई चमेना गृह सञ्चालन गर्न आवश्यक कागजातहरु, निरीक्षण र आधारभूत योग्यता पेश नगरेकाले खरिद ऐन २०६३ , नियमावली २०६४ तथा प्रस्ताव गरेको आधारभूत शर्त र मापदण्ड विपरीत भएको देखिँदा उक्त गुजेश्वरी होटल प्रालिको प्रस्ताव रद्द गरी पेश भएका योग्यता पुगेका दोस्रोलाई दिनु भनी निर्देशन दिएको र  पुनः केन्द्रले पत्र सं ०८१/०८२  च नं १८/३१५६ मिति २०८२/०२/२८ मा पुनः निर्देशन पालना गरी गराई निर्देशन कार्यान्वयनको जानकारी गराउन निर्देशन दिए पनि अहिलेसम्म क्यान्टिन हटाइएको छैन । 

आवश्यक छानबिन र सम्पत्ति छानबिन गरी आवश्यक कारबाही गर्न मागसमेत गरिएको छ । अहिले आफ्नै समूहलाई राख्नका लागि तयारी गरेकोसमेत दाबी गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ