arrow

कालीगण्डकीमा बेलिब्रिज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
bridge-kaligandaki.jpg

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं १ र २ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा उक्त बेलिब्रिज निर्माण सम्पन्न भएको बताइन्छ ।

बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख रुपैयाँको लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजार रुपैयाँमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।

सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो । 

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ गाउँपालिका वडा नं १ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले दावी गरे ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ