arrow

जुँगे महादेवको प्राणप्रतिष्ठा

जुँगे महादेवको अष्टधातुको मूर्ति पुनःस्थापना गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
jungey-mahadev.JPG

नेपालगञ्ज। नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ वागीश्वरीमा रु १५ लाख लागतमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति यही साउन ५ गते सोमबार पुनःस्थापना गरिने भएको छ। यसै दिनदेखि भक्तजनका लागि पूजार्चनाका निम्ति मन्दिर खुला गरिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन्।

विष्टका अनुसार, २००७ सालमा बनेको पुरानो संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता महसुस गरिएको हो। वागीश्वरी नजिकै १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन अवस्थामा रहेको छ।

नगरप्रमुख विष्टले नेपालगञ्जलाई धार्मिक सद्भावको केन्द्र बनाउने उद्देश्यले एक धार्मिक करिडोर निर्माण गर्ने योजना रहेको बताए। उनले भने, "वीपीचोकबाट सुरु भएर इदगाह–गुरुद्वारा धम्बोझी–वागीश्वरी मन्दिर–घरबारीटोल–पीपलबोट–गुम्बा–त्रिवेणीमोड अब धार्मिक करिडोर बन्नेछ। नेपालगञ्ज सबै धर्म मान्नेको नगर हो। सबै धर्मावलम्बीको धार्मिकस्थल जोडेर करिडोर बनाउँदा आपसी सद्भाव बढ्नेमा हामी विश्वस्त छौँ।"

जुँगे महादेव मन्दिरको मर्मतसम्भारको काम दुई वर्षअघि थालिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ