चितवन । चितवनमा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, हिजो राति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा हिजो राति नै मृत्यु भएको हो।
ठक्कर दिने बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।