arrow

युवा वैज्ञानिक भविन्द्रको भौतिकशास्त्र सम्बन्धि खोज ‘दुर्यान्तर’ प्रमाणित

अब भौतिक शास्त्रीय परिमाणहरुको भविष्यवाणी गर्न सकिने

logo
ध्रुबसागर शर्मा,
प्रकाशित २०७३ माघ १० सोमबार
bhabindra-kuwar-3.jpeg
(बेनी) म्याग्दी । विज्ञान सम्वन्धि खोज, अध्ययनअनुसन्धान, विश्लेषण गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुवँरको भौतिक शास्त्र सम्वन्धि खोज ‘दुर्यान्तर’ भौतिक शास्त्र पुनर्निमाण अभियान र काठमाडौं रिचर्स एण्ड पब्लिकेशनले प्रमाणित गरिदिएको छ ।
 
म्याग्दीको बेनी नगरपालिका वडा नं ३ फापरखेतमा जन्मिएका कुँवरले विगत १८ वर्षदेखि  भौतिक विज्ञानमा नित्तान्त नवीन र उपयोगी परिमाणको अस्तित्व सम्वन्धि खोज र अनुसन्धानहरु गर्दै आएका थिए ।
 
भौतिक विज्ञानमा ‘दुर्यान्तर’ नामक एक परिमाणले युगौँदेखि भूमिका निर्वाह गर्दै आएको तर उक्त परिमाण र त्यसको भूमिकाको पहिचान हुन छुटेको निष्कर्ष नेपालमा हालै सम्पन्न भएको एक परीक्षण र सम्बन्धित अनुसन्धानबाट निकालिएको थियो । वर्षौँदेखि बारम्बार प्रदर्शन गरिँदै आएका केही परीक्षणहरु र ‘एसएटिएम–१’ को सहायताले गरिएका पछिल्ला आखिरी जाँचहरु तथा १२ दिन लगाएर गरिएका पुनर्जाँचहरुको निष्कर्षपछि उक्त भौतिक शास्त्रीय परिमाणको अस्तित्वको प्रमाणित भएको भौतिक शास्त्र पुनर्निमाण अभियानका केन्द्रिय अध्यक्ष समेत रहेका कुँवरले जानकारी दिए ।
 
कुँवरका अनुसार ‘दुर्यान्तर’ कुनै यन्त्रउपकरणका आविष्कार नभई नवीन र उपयोगी भौतिक शास्त्रीय परिमाण हो । यसलाई एउटा नयाँ डिस्कभरी वा पहिल्याइ भनेर बुझ्न सकिन्छ । यसको उपयोगिता भौतिक विज्ञान र गणितका क्षेत्रमा बढी हुन्छ । यस यन्त्रको सहायताले कुनै एक विन्दुबाट अर्को विन्दुसम्मको दुरी पत्ता लगाउने र शक्ति र समयको वारेमा जानकारी पाउन सकिन्छ ।  ‘सुव्रत’को मान्यताको आधारका रुपमा पनि यस परिमाणले अभिन्न र अपरिहार्य भूमिका निर्वाह गर्दछ, खोजकर्ता  कुँवरले जानकारी गराए ।
 
उनका अनुसार, ‘दुर्यान्तर’ अन्तर तहमा रहेर सधैँ भूमिका निर्वाह गर्दै आएको तर पत्ता नलागेको एउटा भौतिक शास्त्रीय परिमाण थियो । आइज्याक न्युटनले स्याउ खसेको धेरै समयपछि उक्त आकर्षण बललाई ‘गुरुत्वाकर्षण बल’ भनी नाम दिएझैँ ‘दुर्यान्तर’का विषयमा अर्थपूर्ण नाम नजानेरै भए पनि विगत १८ वर्षदेखि चासो रहेको र केही समयपछिमात्र यसको नाम दिइएको कुँवरले जानकारी दिए । यस क्रममा पुस्तकालयहरु, पाठ्यपुस्तकहरु, अनुसन्धानपत्रहरु, इन्टरनेट आदिको प्रयोग गरी खोजी र अनुसन्धान गर्ने कार्य भएको कुँवरले बताए ।
 
‘सुव्रत’को मान्यता सैद्धान्तिक र गणितीय परीक्षणका आधारमा प्रमाणित गर्न कुँवरलाई केही समय लागेको थियो । त्यसपछि कुँवरले ‘दुर्यान्तर’को परीक्षणका लागि पहिलेका परीक्षणमा प्रयोग गरिँदै आएको ‘एसएटिएम–१’ लाई परीक्षणका लागि छान्ने योजना रहेको कुँवरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ