arrow

गण्डकी प्रदेश पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
prithiviman-gurung-gandaki-rss.jpg
स्व. पृथ्वीमान गुरूङ

पोखरा  । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी गएका थिए ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते  गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । 

भरतपुर महानगरपालिका वडा नं २६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर काम गरेका थिए ।

नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।

विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए ।

गुरुङका छोरा देश बाहिर रहेकाले आइतबार अन्त्येष्टि गरिने छ ।

उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ