काठमाडौँ। काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका-२ झोरमा शनिवार झरना हेर्ने र नुहाएर मज्जा लिने मानीहरूको घुइँचो लागेको थियो। राजधानी लगायत नेपालको तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाउने गर्नको लागि झोर आउने गरेका छन्।
शनिवार छुट्टीको दिन सहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो।
काठमाडौँको टोखा नगरपालिका झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ। साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव।