arrow

घरघरमा नाग टाँसियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
naag-panchami1.jpg

काठमाडौँ । घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको  छ ।

नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ ।

काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लागेको थियो ।  

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो ।

नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरु आराम गर्ने गर्दछन् ।

आज  खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ