arrow

एनसेलको बिज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
ncell-monsoon-offer-shrawan-2082.jpg

काठमाडौँ। नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैँ अन’मा मनसुन बिजनेस अफर ल्याएको छ। यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिने लगायतका सुविधाहरू रहेका छन्।

ग्राहकहरूले बिज सधैँ अन ३९९ प्लान वा बिज सधैँ अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विशेषता हो। यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ। यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको छ।

बिज सधैँ अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीवी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन्। त्यस्तै, बिज सधैँ अन ६४९ प्लानमा हरेक महिना ३० जीवी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ।

यो मनसुन अफरमा ग्राहकहरूले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन्। यसमा कर्पोरेट ग्राहकहरूले आफ्ना तीन वटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउँछ। यसै गरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ।

“उपभोक्ताहरूलाई ‘सधैँ अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरूका साथ कम खर्चमा ग्राहकहरूलाई वर्ष भरी निर्धक्क रूपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौ। साना, ठूला सबै व्यवसायहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ,” एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने।

यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरूले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन्।

बिज सधैँ अन ३९९ प्लान र बिज सधैँ अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरूले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन्। ग्राहकहरूले बिज सधैँ अन प्लानहरूमा मासिक रूपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन्। लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ