नेपालमा जलवायु परिवर्तनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
570
Shares
काठमाडौँ। सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असरबारे छलफल गर्न नेपालले दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएका छन्। छैटौं विश्व सम्मेलनमा सहभागी भएर स्वदेश फर्केपछि उनले यसबारे जानकारी दिए।
सभामुख घिमिरेका अनुसार, नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। यसबाहेक, अन्तरव्यवस्थापिका संघ का अध्यक्षसँगको छलफलपछि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफिक क्षेत्रको जलवायु असरसम्बन्धी अर्को कार्यक्रम काठमाडौँमा आयोजना गरिने भएको छ।
यी सम्मेलनहरूले जलवायु परिवर्तनको बढ्दो चुनौती र त्यसले नेपालजस्ता देशहरूमा पार्ने प्रभावबारे विश्वव्यापी चासो बढाउने अपेक्षा गरिएको छ।
सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघ द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा भाग लिन ११ साउनमा जेनेभा गएका थिए। सम्मेलनका क्रममा उनले बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका देशका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरी आपसी सम्बन्ध र सहयोगबारे छलफल गरेका छन्।