arrow

सुटकेसभित्र बालिका भेटिएपछि महिला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
new-zealand-map1.jpg

काठमाडौँ । न्यूजिल्याण्डमा आइतबार बसमा यात्रा गरिरहेको अवस्थामा एक महिलालाई सुटकेसभित्र दुई वर्षीया बालिकालाई लुकाएको आरोपमा पक्राउ गरिएको छ। बसका चालकले अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकाको बस डिपोमा बस रोकेर सामान जाँच गर्दा एउटा झोलाभित्र केही चलिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले बसमा रहेको २७ वर्षीया महिलाको सुटकेस खोलेर हेर्दा बालिका भेटिएकी थिइन्। प्रहरीका अनुसार, बालिका आत्तिएको र निकै तातो भए पनि उनको शरीरमा कुनै चोट लागेको थिएन। महिलाले आफ्नो सुटकेस अन्य यात्रुको सामानसँगै बसको छुट्टै कम्पार्टमेन्टमा राखेकी थिइन्।

प्रहरीले ती महिलामाथि बच्चालाई दुर्व्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाएको छ। बालिकाको अहिले अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। यस घटनाबारे न्यूजिल्याण्डका बालबालिका मन्त्री ओरंगा तामरिकीलाई पनि जानकारी गराइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ