arrow

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
nada-suto-show-press-meet-8.jpg

काठमाडौँ । नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी युनिट्रि नाडा अटो शो २०२५ यही भदौ ३ गतेदेखि हुने भएको छ । 

उक्त नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने आयोजक नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

यस शोको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने भएका छन् । यो शो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको आयोजकको दाबी छ । 

'गो फर मोर' भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको विश्वास छ ।

उक्त शोमा एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ । 

३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ । 

nada-auto-show-press-meet-82 (14).jpg
nada-auto-show-press-meet-82 (13).jpg
nada-auto-show-press-meet-82 (12).jpg
nada-auto-show-press-meet-82 (11).jpg
nada-auto-show-press-meet-82 (10).jpg
nada-auto-show-press-meet-82 (9).jpg
nada-auto-show-press-meet-82 (8).jpg
nada-auto-show-press-meet-82 (7).jpg
nada-auto-show-press-meet-82 (6).jpg
nada-auto-show-press-meet-82 (5).jpg
nada-auto-show-press-meet-82 (4).jpg
nada-auto-show-press-meet-82 (3).jpg
nada-auto-show-press-meet-82 (2).jpg
nada-auto-show-press-meet-82 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ