बर्दियाको किरिनखोलाको जलसतह सतर्कता तह पार, सतर्क रहन आग्रह
रुकुम पश्चिमको भेरी नदीमा पनि सतर्कता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
462
Shares
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको छ। विभागले एक सूचना जारी गर्दै नदीको तटीय क्षेत्र र डुबानको जोखिममा रहेका होचा स्थानका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागका अनुसार, किरिनखोलाको जलसतह बढ्दो क्रममा छ र यो बुधबार बिहानसम्म उच्च रहन सक्छ। यसअघि विभागले रुकुम पश्चिमको ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रको जलसतह पनि सतर्कता तह पार गरेको भन्दै सचेत रहन आग्रह गरेको थियो।
बाढीको जोखिमबाट बच्नका लागि सुरक्षित स्थानमा सर्ने, नदी किनारमा नजाने, र स्थानीय प्रशासनले दिएका सूचनाहरूको पालना गर्नुपर्छ।