arrow

निरन्तर घट्दो क्रममा अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
foreign-exchange-always-25.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । 

शुक्रबार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको थियो । अमेरिकी डलरको भाउ विस्तारै घट्दो क्रममा रहेको छ । बुधबार उच्च विन्दूमा पुगेको भाउ बिहीबार पनि घटेको थियो भने बिहीबारको तुलनामा शुक्रबार पनि घटेको थियो । शुक्रबारको तुलनामा शनिबार झन् घटेको छ । 

बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ  ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ