अमेरिकी डलरको भाउ स्थिर, युरोमा सामान्य गिरावट: अन्य विदेशी मुद्राको विनिमय दर यस्तो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
463
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।
सोमबार पनि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम थियो । यो दर सोमतबारको भन्दा यथावत् छ।
त्यसैगरि युरोमा सामान्य गिरावट आएको छ । आज युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा रहेको छ । सोमबार युरो एकको खरिदर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा थियो । सोमबारको तुलनामा युरोको भाउ प्रति युरो ५ पैसाले घटेको छ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ पाँच पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ चार पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ छ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३६५ रुपैयाँ नौ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । ।