arrow

ट्रम्प र पुटिनबीच शिखर बैठक, भएन कुनै सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
trump-putin-25-8-15.jpg

अलास्का । अमेरिका र रूसबीच अलास्काको एंकोरेज सहरमा शिखर बैठक सम्पन्न भएको छ । यो बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताएका छन् । उद्धेश्य भने पूरा नभएको बताइएको छ । युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति हासिल हुन नसकेको हो । 

झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधान सम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन ।

राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे ।  साथै उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे । 

यद्यपि दुवै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धि बिना टुंगिएको देखिएको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ