arrow

टप एन्ड टी-२० सिरिज

जितको खोजीमा नेपाल, १७६ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
cricket-nepal.jpg

काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको तेस्रो खेलमा नेपालले जितका लागि १७६ रनको लक्ष्य पाएको छ। यसअघिका दुवै खेलमा पराजित भएको नेपाल आज जितको खोजीमा छ।

डार्विनस्थित टिआइओ रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ र थोमस रोजर्सले ६५ रनको योगदान दिए।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १-१ विकेट हात पारे।

हालसम्म, नेपालले ९ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ५७ रन बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ