काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र युरो दुवैको भाउमा सामान्य गिरावट आएको छ।
राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ४७ पैसा र बिक्री दर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ। हिजो यसको खरिद दर १३९ रुपैयाँ ७९ पैसा थियो।
युरोपियन युरो पनि सामान्य रूपमा घटेको छ। आज युरो एकको खरिद दर १६२ रुपैयाँ ९९ पैसा र बिक्री दर १६३ रुपैयाँ ६९ पैसा रहेको छ। हिजो यसको खरिद दर १६३ रुपैयाँ ५३ पैसा थियो।
यसको विपरीत, बेलायती पाउन्ड स्टर्लिङको भाउ भने बढेको छ। आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १८८ रुपैयाँ ९० पैसा र बिक्री दर १८९ रुपैयाँ ७१ पैसा रहेको छ। हिजो यसको खरिद दर १८९ रुपैयाँ ४५ पैसा थियो।
त्यस्तै स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैैयाँ २६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ८१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।