arrow

जितको खोजीमा नेपाल, हुरिकेन्सविरुद्ध ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
nepal-cricket-82-5-2.jpg

काठमाडाैँ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ । 

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । 

नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल  नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ । उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो ।

हालसम्म नेपालले १०.२ ओभरमा २ विकेटको क्षतिमा ८५ रन बनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ