arrow

दुग्ध सहकारी संघको चेतावनी: ११ बुँदे सम्झौता कार्यान्वयन नभए आन्दोलनमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
dugdha-andolan.jpg

काठमाडौं। विगतमा सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले तत्काल कार्यान्वयनको माग गरेको छ। यदि माग पूरा नभए आन्दोलनमा जाने चेतावनी पनि संघले दिएको छ।

संघका अनुसार, २०६१ सालमा सरकारसँग भएको सम्झौता अहिलेसम्म पनि लागू नहुँदा दुग्ध किसानहरू मर्कामा परेका छन्। संघले आफ्ना मागहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।

संघका अध्यक्ष अम्मरबहादुर कुँवरले किसानहरूको दूधको भुक्तानी हुन नसक्दा मर्का परेको बताए। उनले विगतमा सरकारसँग भएका सम्झौताहरू जस्ताको त्यस्तै राखिएको र अब ती लागू नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए।

संघका मुख्य मागहरू:

भुक्तानी: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान लगायतका उद्योगीहरूले विगत ३ देखि ५ महिनाको ३.५ अर्ब रुपैयाँ भन्दा बढीको भुक्तानी यथाशीघ्र गर्नुपर्ने र चक्रीय किसान कोषको व्यवस्था गर्नुपर्ने।

अवैध आयात: सीमा नाकाबाट हुने अवैध दूध तथा दुग्धजन्य पदार्थको आयात पूर्ण रूपमा रोक्नुपर्ने।

मूल्य: सरकारले तोकेको प्रतिलिटर ६५ रुपैयाँ भन्दा कममा दूध खरिद गर्ने उद्योगीहरूलाई कारबाही गर्नुपर्ने।

अनुदान र सहयोग: किसानलाई पेशामा टिकाई राख्न विगतमा दिइँदै आएको प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन अनुदान सबै प्रदेशमा लागू गर्नुपर्ने र कृषि कर्जा अनुदान उपलब्ध गराउनुपर्ने।

मूल्य नियन्त्रण: पशुआहारा र पशु औषधि लगायतका वस्तुहरूको मूल्यमा राज्यले नियन्त्रण गर्नुपर्ने।

संरचनात्मक सुधार: दुग्ध विकास संस्थानमा केन्द्रीय दुग्ध सहकारी संघको संस्थागत प्रतिनिधित्व रहने गरी पुनःसंरचना गरिनुपर्ने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ