काठमाडौँ । शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चोकमा पहिरो गएको छ । पहिरोमा कारण सडक पूर्ण रूपमा बन्द भएको छ ।
पहिरोले एउटा ट्रान्सफर्मरसहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको छ । शुक्रबार दिउँसो ३ः३० बजेतिर पहिरो गएको स्थानीयले बताए ।
वडाले पार्क निर्माण गरेको सो लाम्पाखामा कमसल निर्माण काम गरिएको कारण पहिरो आएको स्थानीय बताए । कुनै पनि मानवीय क्षति नभएको सो पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ ।