arrow

रक्षा प्रमुख सम्मेलनमा भाग लिन प्रधानसेनापति सिग्देल थाइल्याण्ड जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
ashokraj-sigdel-81-8-29.jpeg

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जाने भएका छन् ।

शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो-प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विसं २०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । 

सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने निर्देशनालयले जनाएको छ ।

 सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई सकारात्मक योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति सिग्देललाई थाइल्याण्ड प्रस्थान गर्नुपूर्व आज नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको पनि निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ