भियतनामी उपराष्ट्रपति आज स्वदेश फर्कनुअघि पाटन दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
623
Shares
काठमाडौं। नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज स्वदेश फर्कनुअघि काठमाडौँका दुई प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गर्ने भएकी छिन्।
आज (सोमबार) दिउँसो २:१५ बजे उहाँले पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने कार्यक्रम रहेको छ। पाटनमा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय सरकारका अधिकारीहरूले स्वागत गर्नेछन्।
उपराष्ट्रपति भो थि आन सुआन गत शनिबार नेपाल आउनुभएको थियो र उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बिदाइ गर्ने कार्यक्रम रहेको छ।