arrow

कैलाली कारागारका थुनुवाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
kailali-karagar.jpg

कैलाली । कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको साेमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए ।

उनले मृत्युको कारण भने खुल्न नसकेको बताए । मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ