काठमाडौँ । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । नेपालले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर दुइ बलमा एक सय ३६ रन मात्र बनायो ।
नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित पाँच विकेट लिए । करण केसी दुई, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।
त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।