नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसरतर्फ अग्रसर ओभरसिज एजुकेशन सेन्टर
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
1k
Shares
काठमाडौँ । ओभरसिज एजुकेशन सेन्टर (ओईसी) प्रालिले विश्वसनीय, पारदर्शी र विद्यार्थीमैत्री परामर्श सेवा प्रदान गर्दै आइरहेको बताएको छ । सन् २००३ देखि नेपाली विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा समर्पित रहेको दाबीसहित ओईसीले आजको प्रतिस्पर्धात्मक विश्वमा उच्च शिक्षा विदेशमा प्राप्त गर्नु भविष्य निर्माणको सबैभन्दा प्रभावकारी बाटो बनेको जिकिर गरेको छ।
ओईसीले हजारौँ विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानाडा र युरोपका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजमा भर्ना गराउँदै सफलता हासिल गरेको दाबीसहित हरेक विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक स्थिति र भविष्य लक्ष्यको गहिरो अध्ययन गरेर उपयुक्त देश, कोर्स र संस्थाको छनोट गरिदिनु नै यस संस्थाको विशेषता भएको जनाएको छ ।
उसले सेन्टरको उद्देश्य विद्यार्थीलाई विदेश पठाउनु मात्र नभई उनीहरूको व्यक्तिगत विकास, विश्वव्यापी एक्सपोजर र दीर्घकालीन करियर सफलता सुनिश्चित गर्नु भएकोसमेत बताएको छ ।
ओईसीले जनाएअनुसार यसका विशेषतामा देश, कोर्स र करियर छनोटमा विशेषज्ञ परामर्श, विश्वविद्यालय/कलेजमा भर्ना प्रक्रियामा सहयोग, परीक्षा तयारी कक्षा (आईईएलटीएस, टीओईएफएल, पीटीई, ओईटी, एसएटी, जीआरई, जीएमएटी), छात्रवृत्ति तथा आर्थिक योजना सम्बन्धी मार्गदर्शन, विद्यार्थी भिसा आवेदनमा सम्पूर्ण सहयोग, प्रस्थानपूर्व अभिमुखीकरण र आगमनपश्चात सहयोग रहेका छन् ।
संस्थाले नेपाली युवालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन, उनीहरूको ज्ञान तथा सीपलाई राष्ट्र निर्माणमा उपयोगी बनाउन निरन्तर योगदान दिँदै आएकोसमेत दाबी गरेको छ।