arrow

गुणस्तरीय समय सापेक्ष शिक्षा आजको आवश्यकताः राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
ramchandra-poudel-sankhusabha.jpg

सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान एवम प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन् । 

मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए । 

‘गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ’, उनले भने ।  

राष्ट्रपतिले राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको बताए ।

‘यसका लागि कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरण गर्ने खालको शिक्षा प्रदान गर्नेगरी आवश्यक पाठय्क्रम र पठनपाठनको वातावरण सृजना हुनुपर्दछ भन्ने म ठान्दछु’, राष्ट्रपतिले भने । उनले देशको लागि स्वदेशमै केही गरौं भन्ने सृजनशील जनशक्तिको आवश्यकता औँल्याए । 

उनले दिनहूँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ