खुटिया खोलामा नुहाउने क्रममा डुबेर चार किशोरको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
728
Shares
काठमाडौँ । कैलालीमा खोलामा डुबेर चार किशोरको ज्यान गएको छ । गोदावरी नगरपालिका वडा नं ९ सहरीपुल नजिकैको हाटखोलीस्थित खुटिया खोलामा बिहीबार दिउँसो करिब २ बजे नुहाउने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिकावडा नं ४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं ५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार घटनास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको हो । उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएको डीएसपी चन्दले जानकारी दिए ।
मृतकहरूमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय शोकमा डुबेका छन् । उनीहरू साथीको जन्मदिन मनाउन त्यसतर्फ गएकाे बताइन्छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।