arrow

एमालेको सोचबारे यसो भन्छन् माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
madhav-kumar-nepal.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन् । 

काठमाडौं क्षेत्र नं ७ निर्वाचन क्षेत्रीय कमिटीले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले कांग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै उभाइदिने सोच देखिएको भन्दै पार्टीलाई कमजोर बनाउने सोच स्वीकार गर्न नसकिने बताए ।

उनले भने, ‘जो विकासको बाधक हुन्छ त्यही हुन्छ शत्रु हो । एउटा कम्युनिष्ट पार्टीको लागि समस्या कथित कम्युनिष्ट पार्टीको नेता आफैं हुने गरेका छन् । कसै कसैलाई के लागेको छ भने काङ्ग्रेसलाई कसरी शत्रु बनाउने अनि हाम्रो पार्टीलाई टाढा बनाइदिने, माओवादीसँग दोस्ती तोड्ने, हाम्रो पार्टीलाई एक्लै उभाइदिने र पार्टीलाई कमजोर बनाउने एमालेकाे सोच गलत छ । पार्टीलाई खतम बनाउने सोचलाई स्वीकार गर्न सकिदैँन् ।’

उनले राजावादीको मनोबल बढिरहेका बेला समाजवादी मोर्चाले एक्लै आँट गरेर एकताबद्ध बाम घटक निर्माण गर्ने अभियानमा जुटेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ