'चिफ अफ डिफेन्स' सम्मेलनमा भाग लिएर स्वदेश फर्किए प्रधानसेनापति
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
528
Shares
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र अमेरिकी सेनाको 'इन्डो–प्यासिफिक कमान्ड'द्वारा थाइल्यान्डमा आयोजित 'चिफ अफ डिफेन्स' सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन्।
उनी शुक्रबार राति स्वदेश फर्किएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी निर्मलकुमार थापाले स्वागत गरेका थिए। सो सम्मेलन भदौ १० देखि १२ गतेसम्म थाइ शाही सेनाको सहकार्यमा भएको थियो।