एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई धनगढी कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
479
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रालि र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
यस बैङ्कका ग्राहकहरूले ओपिडी, प्याथोलोजी, एक्स-रे, यूएसजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, सामान्य बेड, एचडीयू बेड/आइसियु, एसी क्याबिन, शल्यक्रिया, औषधि, सिटी स्क्यान जस्ता सेवाहरूमा उक्त छुट सुविधा उपभोग गर्न सकिने छ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।