एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई र्याडिसन होटेलमा २० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
462
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई र्याडिसन होटेलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटेल र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले काठमाडौँमा रहेको यस होटेलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाएको छ।
यस बैङ्कका ग्राहकहरूले उक्त होटेलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जिम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नुहुनेछ छ भने एयरपोर्ट लाउन्ज र रेस्टुरेन्ट, पेस्ट्री पसल र ट्रान्क्विलिटी स्पामा १५ प्रतिशतको छुट उपभोग गर्न सकिने छ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त होटेलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।