एनआईसी एशिया बैङ्कद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
539
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले ग्राहकहरूको आवश्यकतालाई हर सम्भव पूरा गर्नका लागि ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्य अनुरूप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। ‘सपना तपाईँको, साथ हाम्रो’ भन्ने नाराका साथ बैङ्कले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुने बैङ्कले जनाएको छ।
न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म प्रदान गरिने यस एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनः निर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ।
सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ। घर खरिद तथा निर्माण गर्ने ग्राहकहरूको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैङ्कले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ।